बिर्तामोड, चैत १९ । मोटरसाइकल दुर्घटनामा घाइते भएका झापा बुद्धशान्ति ५ का ४३ वर्षीय गोविन्द न्यौपानेको उपचारका क्रममा १२ दिनपछि मृत्यु भएको छ ।
बुद्धशान्ति ५ खारखोलास्थित मदन भण्डारी राजमार्गमा चैत ६ गते राति १२ः३० बजे बुधबारेबाट खारखोलातर्फ जाँदै उनले चलाएको मोटरसाइकल दुर्घटना भएको थियो ।
प्रदेश १–०१–०१६प ३५२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक न्यौपाने गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि बिएन्डसी अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँबाट उनलाई चैत १७ गते प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो ।
उपचारका क्रममा हिजो साँझ ६ः३० बजे न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।