२०८१ कार्तिक १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

‘सकारात्मक सोचको विकासमा प्रभाव’ सम्पन्न


बिर्तामोड, चैत १९ । झापाको बाह्रदशी गाउँपालिकामा ‘सकारात्मक सोचको विकासमा प्रभाव’ विषयक दुई दिने अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।

नारी सञ्चार गृहको आयोजना र बाह्रदशी गाउँपालिकाको सहयोगमा भएको कार्यक्रममा ४४ जनाको सहभागिता रहेको थियोे । पत्रकार, लेखक, रैथाने खानाको खोजकर्ता केदार शर्माले सहजीकरण रहेको कार्यक्रममा सहभागीहरुले सक्रिय रुपमा जिज्ञासा राखेका थिए ।

सहभागीका तर्फबाट चन्द्र राजवंशी, सुनिता सापकोटा र कृष्णकली राजवंशीले गाउँपालिकाले यस्ता कार्यक्रम ल्याएकोमा खुसी व्यक्त गरेका थिए । उनीहरुले यस्ता कार्यक्रमलाई निरन्तरता दिन सुझाव समेत दिएका थिए ।

प्रभावकारी कार्यक्रम रहेको सकारात्मक सोचको विकास अब आफैँबाट सुरु गर्ने, छिमेकी राम्रो होइन आफू राम्रो भएर घर समाज परिवर्तन गर्ने बताएका थिए ।

गाउँपालिका उपाध्यक्ष शान्ता शिवाकोटी खरेलको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा नारी सञ्चार गृह झापाकी संस्थापक अध्यक्ष सावित्रा दाहाल र निवर्तमान अध्यक्ष भीमा शिवाकोटीले मन्तव्य राखेका थिए ।

संस्थाकी सचिव मायामितु न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा सदस्य सञ्जु शिवाकोटीले स्वागत गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer