बिर्तामोड, चैत २० । झापा बिर्तामोडका गंगाप्रसाद मगर प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन् । बिर्तामोड १ का २१ वर्षीय मगर हिजो राति पक्राउ परेका हुन् ।
हिजो राति ८ः५० बजेको समयमा मेचीनगर १० धुलाबारीचोकमा मगरलाई शंका लागेर इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको टोलीले जाँच गर्दा उनको साथबाट प्लास्टिकबाहेक ५ ग्राम ७६० मिलिग्राम ब्राउनसुगर भेटाएको थियो ।
लागुऔषधसहित उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।