२०८१ मंसिर १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा एकजनामा कालाजार संक्रमण, खोजपड्ताल सुरु


बिर्तामोड, चैत २० । झापा बिर्तामोडका एकजनामा कालाजार रोगको संक्रमण देखिएको छ । वडा नम्बर ५ का ५२ वर्षिय पुरुषमा कालाजारको संक्रमण देखिएको हो ।

स्वास्थ्य कार्यालयले संक्रमित व्यक्ति रहेको टोल जात्रुबारीमा नजिकका १७ जनाको आरडिटी किटमार्फत रगत परीक्षणसमेत गरेको छ ।

परीक्षण गरिएका सबैमा संक्रमण नदेखिएको बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेब दिपक सापकोटाले जानकारी दिए ।

परीक्षणमा विश्व स्वास्थ्य संगठनका प्रतिनिधिको समेत उपस्थिति रहेको स्वास्थ्य कार्यालयका प्रयोगशाला सहायक चन्द्रशेखर कुमार यादवले जानकारी दिए ।

प्रोटोजोआको लिस्मेनिया परजीवी ‘स्यान्ड फ्लाई’ नामको पोथी भुसुनाको टोकाइबाट मानिसमा कालाजार संक्रमण हुने गर्छ ।

संक्रमित भेटिएपछि स्वास्थ्य कार्यालय झापाले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, सरोकारवाला लगायतलाई अभिमुखीकरण तथा सक्रिय खोजपडताल परीक्षण कार्यक्रम अघि बढाएको छ ।

आज वडा नम्बर ५ को वडा कार्यालयमा वडा अध्यक्ष रोहित प्रसाईंको अध्यक्षतामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका कालाजार रोग फोकल पर्सन वीरेन्द्र दासले रोगका विषयमा जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer