दमक, चैत २१ । झापाको कमल गाउँपालिकामा बलेँसीमा लडेर एकजना ज्येष्ठ नागरिक महिलाको मृत्यु भएको छ ।
आज बिहानै कमल २ बस्ने ७८ वर्षीया कमलादेवी अधिकारीको बलेँसीमा लडेर मृत्यु भएको हो ।
घरमा एक्लै बस्दै आएकी अधिकारीलाई आज बिहान ५ः३० बजेतिर बलेँसीमा लडेर मृत अवस्थामा देखेपछि आफन्तहरुले प्रहरीलाई खबर गरेका थिए ।
उनी उच्च रक्तचापको बिरामी भएको बताइएको छ । घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।