बिर्तामोड, चैत २७ । झापाको कनकाईमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका-२ का ५२ वर्षीय चेतबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
कनकाई-२ स्थित सुकेडाँगीमा आइतबार साँझ साढे ५ को समयमा राई सिरिसको रुखमा घाँस झार्न चढेका थिए । रुखबाट लडेर गम्भीर घाइते भएका राईलाई उपचारका लागि तत्काल बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा लगिएको थियो ।
घाइते राईको उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारका लागि लगिएकोमा थप उपचार गर्न अन्यत्र लैजानुपर्ने भएकोले राईलाई परिवारले जिम्मा बुझेर ल्याउँदा घरमै सोही दिन राति साढे ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।