बिर्तामोड, चैत २७ । झापाको बिर्तामोडमा चोरीको मोटरसाइकलसहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–९ का १९ वर्षीय हरि गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बिर्तामोड नगरपालिका–८ स्थित डाँडागाँउबाट गुरुङलाई सोमबार दिउँसो २ बजे पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मे. १० प ३२०७ नम्बरको होन्डा कम्पनीको साइन मोटरसाइकल चोरी गरेर लैजाँदै गरेको अवस्थामा गुरुङ पक्राउ परेको प्रहरीले जनाएको छ ।
उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ । सो मोटरसाइकल बिर्तामोड-४ निवासी रविन शिवाकोटीको रहेको खुलेको छ ।