२०८१ कार्तिक १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

पिसाब पोल्ने समस्याका यस्ता छन् घरेलु उपायहरू


बिर्तामोड, बैशाख २९ । सबैले कहिलेकाहीँ पिसाब पोल्ने समस्याको सामना गरेको हुनुपर्छ। पिसाब गर्दा दुख्ने र जलन महसुस हुनुलाई मेडिकल भाषामा डिसुरिया भनिन्छ। यो एक प्रकारको संक्रामक रोग हो। पुरुषको तुलनामा महिलाहरु यो रोगबाट बढी पीडित हुन्छन् । तर, यो एक धेरै सामान्य समस्या हो जुन लगभग ५० प्रतिशत महिलाहरूले सामना गरिरहेका छन्।

आज हामी पाठकहरूलाई केही यस्ता घरेलु उपायहरूबारे बताउन गइरहेका छौं, जसको प्रयोग गरेर यो समस्याबाट मुक्ति पाउन सकिन्छ । तर, यो समस्याका लागि महिला र पुरुष दुवैले चिकित्सकसँग परामर्श लिनुपर्छ । सकेसम्म धेरै पानी पिउनुपर्छ ।

सामान्यतयाः शरीरमा पानीको कमीका कारण यस्तो समस्या हुने गर्छ । शरीरमा पानीको कमी हुँदा पिसाबको रंग पहेँलो हुन्छ । जसकारण शरीरमा पानीको मात्रा सधैँ उच्च राख्नुहोस्, यसले तपाईंलाई पिसाब गर्दा दुखाइ वा जलनबाट राहत दिन्छ।

पानीले तपाईंको शरीरबाट ब्याक्टेरिया र विषाक्त पदार्थहरू हटाउन मद्दत गर्दछ। साथै, पानीले डिहाइड्रेसनको समस्या पनि हटाउँछ । डिहाइड्रेशनले तपाईंको अवस्था खराब बनाउन सक्छ, त्यसैले पानी पिउनुहोस्।

पानीले तपाईंको शरीरको तापक्रम नियन्त्रण गर्छ र पिसाब फेर्न सक्ने क्षमता बढाउँछ।

ल्वाङको सेवन

ल्वाङ एउटा मात्र होइन धेरै स्वास्थ्य समस्याका लागि फाइदाजनक मानिन्छ । ल्वाङ तौल घटाउन र रुघाखोकीका लागि निकै राम्रो मानिन्छ ।

यसमा एन्टी(इन्फ्लेमेटरी र एन्टी(ब्याक्टेरियल गुणहरू छन्, जसले संक्रमण(सम्बन्धित समस्याहरू लड्न, ब्याक्टेरिया, भाइरस र परजीवीहरूलाई मार्छ।

तर, ल्वाङको अत्याधिक सेवन शरीरका लागि सुरक्षित मानिँदैन । ल्वाङ खानुअघि चिकित्सकसँग परामर्श लिनु राम्रो हुन्छ । ल्वाङलाई तातो पानीमा मिसाएर सेवन गर्न सक्नुहुन्छ। यो पानी लगभग दुई हप्तासम्म पिउनुहोस्।

भिटामिन सी युक्त फलफूल

यो समस्याबाट बच्न फलफूलको ठूलो महत्व हुन्छ । यसका लागि भिटामिन सी प्रचुर मात्रामा हुने फलफूलहरू खानुपर्छ । यसका साथै अमला, सुन्तला आदिको सेवन गर्न सक्नुहुन्छ ।

अलैंचीको प्रयोग

अलैंची औषधिको रूपमा मात्र नभइ, धेरै गम्भीर समस्याहरूको उपचारमा पनि महत्वपूर्ण छ । यसको सेवनले डिसुरिया वा यूटीआईका लक्षणहरू कम गर्न सकिन्छ।

अलैंचीमा प्राकृतिक मूत्रवर्धक गुण हुन्छ, जसको बारेमा कमैलाई थाहा हुन्छ । मृगौलाको कामलाई सहज बनाउन अलैंचीको सेवन गर्नुपर्छ । यसको सेवनले पिसाबको समयमा हुने जलनलाई शान्त गराउँछ। दूधमा अलैंची मिसाएर दैनिक सेवन गर्न सकिन्छ ।

काँक्रो

काँक्रोको सलाद मात्रै होइन, यो एक औषधि पनि हो । यसमा ९५५ पानी हुन्छ, जसको मद्दतले तपाईंको शरीर हाइड्रेटेड रहन्छ र हानिकारक टक्सिन पनि टाढा रहन्छ।

यसका साथै यसको शीतलता प्रभावका कारण शरीरको तापक्रम सामान्य रहन्छ । पिसाबसम्बन्धी समस्यालाई हल गर्न यसले निकै प्रभावकारी भूमिका खेल्छ । –एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer