२०८२ बैशाख ९ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

नर्स दिवसमा ओमसाई पाथिभरा हस्पिटलका कर्मचारीलाई सम्मान


भद्रपुर, बैशाख ३१ । अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा ओमसाई पाथिभरा हस्पिटल भद्रपुरमा कार्यरत कर्मचारीहरुलाई नगदसहित सम्मान गरेको छ ।

अस्पतालको सभाकक्षमा भएको कार्यक्रममा सहायक मेट्रोन इन्दिरा खतिवडा, सरसफाइ कर्मचारी पुष्पलाल प्रसाईंलाई नगद, दोसल्लासहित पुरस्कृत गरिएको थियो भने उत्कृष्ट वार्ड सर्जिकललाई पनि पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा अस्पतालका निर्देशक बालकुमार पोखरेल, अस्पतालका मेसु डक्टर जयकुमार ठाकुर, अस्पतालका प्रमुख प्रशासक दिप पौडेलले आजको समयमा नसिङ कर्मचारीहरुले गर्नुपर्ने कर्तव्य र भूमिकाको बारेमा मन्तव्य राखेका थिए ।

अस्पतालको न्युरो वार्ड इन्चार्ज ज्योति भट्टराई र ओटी इन्चार्ज विनय उप्रेतीले संयुक्त रुपमा सञ्चलान गरेको कार्यक्रममा अस्पतालका विशेषज्ञ चिकित्सकहरु, नर्स र प्रशासनिक कर्मचारीको सहभागिता रहेको अस्पतालका प्रसाशक मनोज दाहालले बताए ।

Adv footer