मेचीनगर, जेठ १ । झापाको चारआलीमा बिएन्डके पोलिक्लिनिक सञ्चालनमा आएको छ । मेचीनगर–१३ इलामरोड, चारआलीमा रहेको पोलिक्लिनिकले आजबाट आफ्नो सेवा सञ्चालनमा ल्याएको हो ।
चारआली आसपासका बिरामीहरुलाई मध्यनजर गर्दै पोलिक्लिनिक सञ्चालनमा ल्याइएको सञ्चालक शिवसञ्जन यादवले जानकारी दिए ।
बुधबारे, सहरेडाँगीदेखि बिरामीहरु डक्टर भेट्न बिर्तामोडसम्म जानुपर्ने भएकाले चारआलीमा नै दैनिक विशेषज्ञ डक्टरहरुको सेवासहित अत्याधुनिक प्रविधिको पोलिक्लिनिक सञ्चालनमा ल्याइएको यादवले बताए ।
चौबीसै घण्टा एम्बुलेन्स, इमर्जेन्सी, एक्सरे, भिडियो एक्सरे, अक्सिजन, मनिटर, प्रयोगशाला, फार्मेसी, निबुलाइजेसन र डेन्टल सेवा उपलब्ध रहेको सञ्चालक यादवले जानकारी दिए ।