२०८१ मंसिर ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

कस्ता व्यक्तिलाई ग्रिन टि हानिकारक हुन्छ ?


बिर्तामोड, जेठ ३ । ग्रिन टि स्वास्थ्य तथा छाला दुवैका लागि एकदमै राम्रो हुन्छ । यो पोषक तत्वहरुले भरिपूर्ण हुन्छ ।
तर, केही व्यक्तिका लागि यो नोक्सानदायक पनि हुनसक्छ । यस्तोमा आउनुहोस् जानौँ कस्ता व्यक्तिलाई ग्रिन टि पिउँदा हानिकारक हुनसक्छ ?

ग्रिन टिमा भिटामिन, मिनरल, फाइबर, एन्टिअक्सिडेन्ट तथा अमिनो एसिड राम्रो मात्रामा पाइन्छ । यो सबै न्युट्रिएन्ट्सले शरीरलाई कैयौँ गम्भीर समस्याबाट जोगाउन सहयोग गर्छन् ।

तर यी सबै पोषक तत्वहरु हुँदा पनि केही व्यक्तिलाई यो हानिकारक हुनसक्छ । जस्तैः यदि तपाईंलाई पेटसम्बन्धी कुनै समस्या भइरहेको छ भने ग्रिन टि नपिउनुहोस् । यस्तोमा समस्या अझै बढ्न सक्छ ।

त्यस्तै, ग्रिन टिले फाइदा गर्छ भनेर अत्यधिक पिउनु पनि हानिकारक हुन्छ । ग्रिन टि अत्यधिक पिउँदा भोक नलाग्ने, जसले गर्दा अन्य खानेकुराको कमिले शरीर कमजोर पनि हुनसक्छ ।

गर्भावस्थाको क्रममा पनि ग्रिन टि नपिएकै राम्रो हुन्छ । यसमा कैटेचिन नामक एक कम्पाउन्ड हुन्छ जसले एन्जाइटी बढाउन सक्छ । कुनै पनि प्रकारको चियाले बच्चालाई पनि नोक्सान पुर्याउँछ ।

अत्यधिक ग्रिन टि पिउँदा आँखालाई पनि नोक्सान पुग्न सक्छ । धेरै ग्रिन टि नियमित पिउँदा यसले आँखामा धेरै जोड पर्छ । जसले गर्दा मोतियाबिन्दु जस्ता समस्याहरु हुने खतरा पनि बढ्छ ।

थोरै ग्रिन टि एकदमै फाइदाजनक हुन्छ भने यसको अत्यधिक मात्राले एन्जाइटी बढाउन सक्छ । यसमा हुने कैटेचिनले मानिसमा आत्तिने, मुटु ढुकढुक गरेजस्तो हुने आदि समस्या हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer