२०८१ मंसिर ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

बच्चालाई किताबसँग साथी बनाउने टिप्स


बिर्तामोड, जेठ २५ । बच्चाहरूको व्यक्तित्वमा निखार ल्याउनका लागि मोबाइलको साटो किताबहरू दिनु एकदमै बुद्धिमानी हुन्छ । बच्चालाई यस्ता किताब दिनुहोस्, जो उनीहरूको उमेरको हिसाबले लेखिएको होस् ।

बच्चाहरूलाई कम उमेरदेखि नै उनीहरूको रूचि किताबमा बनाउनु राम्रो हुन्छ । बच्चालाई पढ्नमा रूचि बढाउनका लागि सुरूवाती चरणमा उनीहरूसँगकै निश्चित समयमा सँगै बसेर पढ्नुहोस् ।

किताब पढ्नु पनि एउटा ड्युटी हो, जस्तो नबनाउनुहोस् यसले बच्चाहरू किताबबाट टाढा भाग्छन् । किताबलाई रमाइलो तरिकाले पढ्ने बानी बसाल्नुहोस् ।

तपाईं पढ्ने समयलाई पनि रमाइलो समयको रूपमा राम्रो समय बच्चासँग बिताउन सक्नुहुन्छ । यसका लागि पढेको कुरा एकअर्कालाई भन्ने पनि गर्न सक्नुहुन्छ । यसले उनीहरूलाई पढ्न उत्साहित बनाउँछ ।

बच्चालाई किताबप्रेमी बनाउन छ भने यस्ता किताब छान्नुहोस्, जसमा चित्रहरूका साथै विषयवस्तु पनि रमाइलो होस् ।

किताबलाई त्यस्तो स्थानमा राख्नुहोस्, जहाँबाट बच्चाले सजिलै निकालेर पढ्न सकोस् । यसरी कम उमेरदेखि नै बच्चालाई किताबतिर आकर्षण बढ्छ र उनीहरू मोबाइल स्क्रिनबाट टाढा हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer