२०८१ असोज २० आइतबार
Jhapa Today
Adv top
Adv below_nav

रक्तचाप बढ्दा बिहानको समयमा देखिने लक्षण


बिर्तामोड, असार २४। अत्यधिक तनाव लिँदा र खानपान नमिल्दा रक्तचाप बढ्ने समस्या देखिन सक्छ । शरीरमा रक्तचाप बढ्दा बिहानको समयमा पनि केही लक्षण देखिने गर्छन् । जसलाई ध्यान दिएर तपाईं पनि रक्तचाप बढेको पत्ता लगाउन सक्नुहुन्छ ।

चक्कर आउनु

बिहान उठेपछि अचानक चक्कर आउनु रक्तचाप बढेको प्रमुख संकेत हो । यदि यस्तो समस्या भइरहेको छ भने तुरुन्तै डाक्टरलाई जाँच गराउनुहोस् ।

तिर्खा लाग्नु

बिहान उठ्दा एकदमै धेरै तिर्खा लागिरहेको छ भने पनि रक्तचाप बढेको संकेत हुन सक्छ । रक्तचाप बढेको अवस्थामा मुख सुक्ने तथा अत्यधिक प्यास लाग्ने समस्या हुन्छ ।

निद्राको कमी

अत्यधिक रक्तचाप भएको अवस्थामा निद्रामा कमी आउन थाल्छ । जसले गर्दा उच्च रक्तचाप भएकालाई बिहान उठ्ने समयमा धेरै नै निद्रा आउने गर्छ ।

वान्ता गर्ने मन

उच्च रक्तचाप भएको अवस्थामा बिहान उठ्ने बित्तिकै वान्ता गर्न मन लाग्छ । तपाईंलाई पनि यस्तो समस्या छ भने रक्तचाप जाँच गराउनुहोस् ।

धमिलो देखिनु

रक्तचाप उच्च भएको कारणले तपाईंले धमिलो देख्न थाल्नुहुनेछ । रक्तचाप बढेको प्रभाव तपाईंको आँखामा पनि पर्दछ ।

–एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer