२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बिहान छिटो उठ्ने उपाय


बिर्तामोड, साउन ७ । प्रायः सबैको घरमा बिहान छिटो उठ्नुपर्छ भन्ने उर्दी हुन्छ । तर, कोहीकोहीको ढिलासम्म सुत्ने बानी हुन्छ । कतिपय मानिस त बिहान १० बजेसम्मै सुतिरहन्छन् । त्यस्ता कतिपय मानिस बिहान छिटो उठ्न पाए हुन्थ्यो भन्ने सोच्छन् तर त्यसो गर्न भने सक्दैनन् ।

अझ कसैले उनीहरुलाई उठाउन खोज्यो भने केहीबेर अझै सुत्छु भन्ने उत्तर दिन्छन् र अर्कोतिर फर्किएर निदाउँछन् । आज हामी कसरी बिहान छिटो उठ्न सकिन्छ भन्ने केही टिप्स दिन्छौँ ।

राति चिया/कफी नपिउने

बिहान छिटो उठ्ने मन छ भने अबेर खाना खानु हुँदैन । राति अबेर चिया या कफी खाने बानी छ भने त्यो खराब हो । अनि राति निद्रा नपरेपछि बिहान छिटो उठ्न सम्भव नै हुँदैन । त्यसैले सबैभन्दा पहिले राति खानापछि पनि अन्य कुरा खाने बानी हटाउनुपर्छ ।

सुत्ने बेला फोन नचलाउने

यदि राति अबेरसम्म फोन या ल्यापटप चलाउने बानी छ भने त्यो लत बदल्नु आवश्यक छ । सुत्नुभन्दा कम्तिमा दुई घण्टा पहिले फोन चलाउन बन्द गरेमा राम्रो निद्रा पर्छ । मस्त निद्रा परेपछि बिहान छिटो उठ्न समस्या हुँदैन ।

समय तय गर्ने

यदि बिहान छिटो उठ्नु छ भने राति पनि समयमै सुत्नुपर्छ । स्वस्थ मानिसलाई ७÷८ घण्टा निद्रा आवश्यक हुन्छ । त्यसैले, बिहान ६ बजेभित्रै उठ्नुछ भने बेलुका १० बजे सुत्न उपयुक्त हुन्छ । बेलुका सुत्ने र बिहान उठ्ने समय तय गर्नु उपयुक्त हुन्छ । सामान्यता १० बजेदेखि ६ बजेसम्म सुत्नु उपयुक्त मानिन्छ ।

उठेपछि यस्तो गरौँ

बिहान छिटो उठेपछि पर्दा खोलेर या बत्ती बालेर उज्यालो बनाउनु आवश्यक छ । जसका कारण फेरि निद्रा आउँदैन । यदि कोठामा अँध्यारो भइराख्यो भने ब्युँझिएपछि पनि निद्रा आउन सक्छ । सम्भव हुन्छ भने उठेपछि व्यायाम गर्नु स्वास्थ्यका हिसाबले निकै लाभदायक हुन्छ ।

बाहिर निस्कन सम्भव नभए कतिपय व्यायाम कोठामै बसेर पनि गर्न सकिन्छ । यसबाहेक सुत्दा अलि सहज हुने खालको कपडा लगाउनुपर्छ, जसका कारण छिटो निद्रा लाग्छ । मनमा अनेक कुरा खेलाउने बानीले पनि निद्रा बिथोल्न सक्छ । त्यसैले, धेरै सोच्ने बानी पनि हटाउनु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer