बिर्तामोड, साउन १३ । झापामा मुठ्ठी पारी लुकाई ल्याएको लागुऔषध ब्राउनसुगरसहित मेचीनगरका दुई युवा पक्राउ परेका छन् ।
आज बिहान ९ः४५ बजे मेचीनगर ६ स्थित पुरानो मेची पुलमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका मेचीनगर ७ बस्ने २८ वर्षीय झकबहादुर खड्कालाई शंका लागेर चेकजाँच गर्दा प्लाष्टिकले पोका पारेर बाँया हातको हत्केलामा मुठ्ठी पारी लुकाई राखेको ५ ग्राम ५७० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।
उनलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त ब्राउनसुगर मेचीनगर ७ बस्ने ३० वर्षीय खडगबहादुर दर्जीले भारतबाट खरिद गरि काँकरभिट्टासम्म पुर्याउन पठाएका थिए ।
खोजतलास गर्ने क्रममा मे.२ प. ८५४१ नम्बरको मोटरसाइकलमा आउँदै गर्दा दर्जीलाई समेत नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।