
बिर्तामोड, साउन १४। बिरिङ खोलाबाट अवैध रुपमा नदीजन्य सामग्री उत्खनन् गर्दै गरेको अवस्थामा दुईवटा ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुद्धशान्ति गाँउपालिका–२ जयपुर स्थित बिरिङखोलाबाट अवैध रुपमा नदिजन्य पदार्थ बालुवा बुधबारे तर्फ ल्याउदै गरेको अवस्थामा ट्रयाक्टर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

को.२ त ५१८८ र प्र.१–०१–००२ त ०११२ नम्बरका ट्रयाक्टर नियन्त्रणमा लिई आवश्यक कार्वाहीका लागि बुद्धशान्ति गाउँपालिकामा बुझााएको छ ।
