२०८१ कार्तिक १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

झापा कारागारको फोहोरले स्थानीय पीडित


बिर्तामोड, साउन १९ । झापा जिल्ला कारागारबाट उत्पादन हुने फोहोर तथा प्रदूषणका कारण आसपासका बासिन्दाले दुई दशकयता प्रताडित भइरहेको गुनासो गरेका छन् ।

कैदी बन्दीबाट उत्पादन हुने फोहोजन्य पानी तथा दिसापिसाब व्यवस्थापन नहुँदा पूर्वपट्टि रहेका दुई दर्जन घरपरिवार प्रत्यक्ष असर भोगिरहेका हुन् ।

बिहान र बेलुका ध्यान, तप र योगाका नाममा विभिन्न धर्म मान्ने संघ संस्थाका प्रतिनिधिहरूले गर्ने गरेका कार्यक्रममा माइक जडान गरिएका कारण आसपासका बासिन्दाले ध्वनि प्रदूषण भोग्दै आएको स्थानीय कविता नेपालले जानकारी दिइन् ।

कारागारबाट दैनिक पाँच हजार लिटरभन्दा बढी फोहोर पानी निस्कने गरेको छ । दिसापिसाबको हिसाब नै नभएको स्वीकार गर्ने कारागार प्रशासनले उचित पहल नगरेको स्थानीय नागरिकको गुनासो छ ।

जिल्ला प्रशासन कार्यालय, भद्रपुर नगरपालिका र अन्य निकायसंँग हारगुहार गर्दा पनि केही नलागेको पीडित स्थानीय भीष्मराज भट्टराईले गुनासो पोखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer