बिर्तामोड, साउन २१ । बिर्तामोडमा अनुचित लेनदेनसम्बन्धी कसुरमा मुद्दा परेपछि फरार रहेका मिटरब्याजी मधुकर बस्नेत पक्राउ परेका छन् ।
कृष्णप्रसाद शिवाकोटीले जाहेरी दिएपछि ललितपुर महालक्ष्मी नगरपालिका–६ घर भई हाल बिर्तामोड–५ मा डेरा गरी बस्ने ३४ वर्षीय बस्नेत पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय इटहरीसँग समन्वय गरी जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले लुक्दैभाग्दै आएका उनलाई सुनसरीको इटहरी क्षेत्रबाट पक्राउ गरेको डिएसपी कृष्णकुमार चन्दले बताए ।
उनलाई झापा जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बस्नेतले झापा लगायत अन्य जिल्लाका मानिसको करोडौँ रकम डुबाएको बताइएको छ ।