२०८१ मंसिर ९ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

फुटबलर किस्कूको उपचारका लागि एक लाख हस्तान्तरण


बिर्तामोड, साउन २२ । झापाको कमल गाउँपालिका-५ का फुटबलर सोनु किस्कूको उपचारका लागि एक लाख रुपैयाँ संकलन भएको छ । किस्कूले झापामा हुने फुटबल प्रतियोगिता खेल्दै आएका छन् ।

मृगौला समस्याबाट ग्रसित किस्कूको उपचारका लागि संकलन गरिएको सहयोग रकम परिवारलाई हस्तान्तरण गरिएको छ ।

किस्कूको थप उपचारमा सहयोग पुर्‍याउन खेलप्रेमीहरुले स्वेच्छिक रुपले सञ्चालन गरेको अभियानमार्फत एक लाख ६ हजार ५०३ रुपैयाँ संकलन भएको थियो ।

अभियान टोलीले उनको घरैमा पुगेर संकलित रकम परिवारलाई हस्तान्तरण गरेको थियो । किस्कूको आर्थिक अवस्था अत्यन्तै नाजुक भएकोले गत असार ३० गतेदेखि साउन २० गतेसम्म ’सोनु किस्कू बचाउ अभियान’ सञ्चालन गरेर सहयोग जुटाइएको थियो ।

चक्र माबो र अभिषेक थुलुङ राई संयोजक रहेएको समितिले रकम संकलन गरेको हो । अभियानमार्फत प्राप्त रकम बुझ्दै किस्कुले आफ्नो उपचारका लागि उपलब्ध सहयोगप्रति धन्यवाद दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer