२०८३ जेठ २ शनिबार
Jhapa Today
Adv top

कोशी प्रदेशमा भोलि सार्वजनिक बिदा


बिर्तामोड, साउन २४ । कोशी प्रदेशमा भोलि (शुक्रबार) प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बिहीबारको बैठकले ३०औं विश्व आदिवासी दिवसका अवसरमा प्रदेशभर बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले जानकारी दिए ।

उक्त दिवस मनाउन प्रदेशभित्रका सबै सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा बिदा दिने निर्णय भएको प्रवक्ता अधिकारीले जानकारी दिएका छन् ।

Adv footer