२०८२ कात्तिक २९ शनिबार
Jhapa Today
Adv top

पूर्वी नेपालमा भूकम्पको धक्का महसुस, सिक्किममा केन्द्रबिन्दु


बिर्तामोड, साउन २५। आज बिहान सिक्किममा केन्द्रबिन्दु बनाएर गएको भूकम्पको झापासहित पूर्वी नेपालमा समेत धक्का महसुस भएको छ ।

शुक्रबार बिहान सिक्किमको सोरेङआसपास केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ ।

बिहान नेपाली समयअनुसार ७ बजेर १२ जाँदा गएको भूकम्पको उद्‍गम बिन्दु (गहिराइ) १० किलोमिटर रहेको केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का सिक्किम, दार्जीलिङसहित पश्चिम बंगालका केही जिल्लामा समेत महसुस भएको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

त्यस्तै नेपालको पूर्वी भेगमा समेत भूकम्पको धक्का महसुस गरिएको छ । त्यस्तै बंगलादेश र भुटानका केही भागमा समेत भूकम्पको धक्का महसुस गरिएको बताइएको छ ।

Adv footer