बिर्तामोड, साउन २८ । झापाको भद्रपुरमा खोलामा डुबेर एकजना बालकको मृत्यु भएको छ ।
हिजो साँझ ५ भद्रपुर नगरपालिका वडा नम्बर १ मा रहेको देवी खोलामा खेल्ने क्रममा डुबेर स्थानीय महेश रसाइलीको छोरा ९ वर्षीय शौरभ रसाइलीको मृत्यु भएको हो ।
खोलामा डुबेका उनलाई तत्काल उघार गरेर उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर ल्याए पनि अस्पताल पु¥याउनसाथ चिकित्सकले जाँच गर्दा मृत्यु भइसकेको घोषणा गरेका थिए ।