२०८१ मंसिर १ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

दशैंका लागि सुकिला नोट असोज १३ बाट साट्न पाइने


बिर्तामोड, भदौ २६ । नेपाल राष्ट्र बैंकले यो वर्षको दशैंलाई लक्षित गर्दै अगामी असोज १३ गतेदेखि नोट सटही सुविधा खुला गर्ने भएको छ।

विगतका वर्षमा नयाँ नोट दिंदै आएको केन्द्रीय बैंकले यस वर्ष सर्वसाधारणका लागि सुकिला नोट मात्रै दिने योजना बनाएको छ ।

राष्ट्र बैंकले अघिल्ला वर्षमा चाडपर्वलक्षित नयाँ नोट दिंदै आएकोमा यस पटक सुकिला नोट मात्रै दिन लागेको छ।

केन्द्रीय बैंकले यसअघि दशैंमा साना तथा ठूला दरका गरी प्रतिव्यक्ति १८ हजार ५ ०० रुपैयाँसम्म नयाँ नोट दिने गरेको थियो। यसपटक पनि सोही परिमाणमा सुकिला नोट वितरण गर्ने योजना रहेको स्रोतले बताएको छ ।

राष्ट्र बैंकले खर्च कटौती गर्ने उद्देश्यले यो वर्ष नयाँ नोट नछापेर सुकिला मात्रै वितरण गर्न लागेको हो। यतिमात्र नभएर दसैंमा टिका लगाउने क्रममा अविर र रङका कारण नोट धेरै फोहोर हुने र आयु पनि कम हुँदै जाने भएकाले यसतर्फ सजगता अपनाउन यस्तो निर्णय गरिएको उसको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer