२०८१ मंसिर १ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

सुनको मूल्यमा नयाँ रेकर्ड


बिर्तामोड, भदौ २६ । साताको चौथो कारोबार दिन बुधबार घरेलु बजारमा पहेंलो धातु सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यो दिन तोलामा १ हजार रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलाको १ लाख ५३ हजार ४०० रुपैयाँ कायम भएको छ । मंगलबार भने सुन प्रतितोला १ लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा नै सुनको मूल्य निरन्तर मूल्य बढिरहेकाले स्थानीय बजारमा पनि यसको असर देखिएको सुनचाँदी व्यवसायीहरुले बताएका छन् ।

यसअघि गत भदौ २१ गते सुनको मूल्यले रेकर्ड बनाएको थियो। उक्त दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ३०० रुपैयाँ थियो ।

महासंघका अनुसार मंगलबार सुनको भाउ प्रतितोला १ लाख ५३ हजार ४०० रुपैयाँमा रहेको छ । यो दिन चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी,महासंघका अनुसार आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ३१ हजार ५१ ५रुपैयाँ कायम भएको छ । त्यस्तै प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५२६ रुपैया कायम भएको छ ।

यो दिन अन्तरराष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेको छ । ०।०६ प्रतिशतले बढेर सुनको मूल्य प्रतिऔंस २ हजार ५२० डलर पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer