२०८१ असोज ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोड नगर अस्पताललाई टेरी मिकेस्का फाउन्डेसनको ‘डिफिब्रिलेटर मेसिन’


बिर्तामोड, असोज ५ । झापाको बिर्तामोड नगरअस्पताललाई टेरी मिकेस्का फाउन्डेसन टेक्सस अमेरिकाले डिफिब्रिलेटर मेसिन हस्तान्तरण गरेको छ ।

नगर अस्पतालमा आयोजित एक कार्यक्रमका बीच फाउन्डेसनका प्रमुख टेरी मिकेस्काले नगरप्रमुख तथा अस्पताल व्यवस्थापन समिति अध्यक्ष पवित्रा महतारा प्रसाईंलाई मेसिन हस्तान्तरण गरे ।

डिफिब्रिलेटर मुटुको धड्कन नभएको अवस्थामा प्रयोग गरिने कार्डियोअरेस्ट प्रविधि हो । उक्त मेसिन ६ हजार अमेरिकी डलरमा खरिद गरिएको अस्पताल प्रशासन प्रमुख टिका अधिकारीले जानकारी दिइन् ।

कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईंले नगर अस्पतालमा भएको आवश्यकतालाई महसुस गरेर डिफिब्रिलेटर प्रदान गरेकोमा टेरी मिकेस्का फाउन्डेसनलाई धन्यवाद दिइन् ।

उनले नगरबासीको स्वास्थ्यलाई मध्यनजर गरेर नगर अस्पताललाई व्यवस्थित र सुविधासम्पन्न बनाउने कार्यमा आफू लागेको बताइन् ।

नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले यो महत्वपूर्ण प्रविधिले सेवा प्रवाहमा सहयोग पुर्‍याउने भन्दै बिर्तामोडका जनताले लाभ लिने बताए ।

कार्यक्रममा दाता टेरी मिकेस्कालाई प्रशंसापत्र प्रदान गरिएको छ । नगरप्रमुख प्रसाईं र उपप्रमुख संग्रौलाले सम्मानस्वरुप उनलाई प्रशंसापत्र प्रदान गरेका हुन् ।

कार्यक्रममा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डक्टर आयन अधिकारी, टेरी मिकेस्का फाउन्डेसनका प्रमुख टेरी मिकेस्का, अस्पताल व्यवस्थापन समिति सदस्य अर्जुन पाठकले घारणा राखेका थिए ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, कार्यपालिका सदस्य यमुना आचार्य, टेरी मिकेस्का फाउन्डेसन र नगर अस्पतालको समन्वय गराउने बिर्तामोड ३ का दुर्गा काफ्ले, राजन काफ्लेलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer