२०८२ साउन ५ सोमबार
Jhapa Today
Adv top

बाह्रदशीका ठाकुरको शव घरभित्र पुरेको आशंका, प्रहरीले थाल्यो उत्खनन्


बिर्तामोड, असोज १७ । झापाको बाह्रदशी–६ मा प्रहरीले हत्यापछि शव पुरेको हुनसक्ने आशंकामा उत्खनन् गरिरहेको छ ।

तीन महिनादेखी हराइरहेका २१ वर्षीय युवा राजेश ठाकुरलाई हत्या गरेर पुरेको हुनसक्ने आशंकामा प्रहरीले छिमेकीको घरको आगन र कोठामा उत्खनन् सुरु गरेको हो ।
प्रहरीले युवाको खोजतलास गरिरहेको अवस्थामा बयानका आधारमा उत्खनन् गरेको बुझिएको छ । युवाको हत्या आशंकामा अनुसन्धान भइरहेको थियो । उत्खनन्को क्रममा नुनको पोकाहरु भेटिएको छ । प्रहरीले छिमेकीको घरमा उत्खनन् गरिरहेको छ ।

Adv footer