२०८१ कार्तिक ७ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

इस्ट होराइजनलाई अस्ट्रेलियामा नेपाल शैक्षिक पुरस्कार


मेचीनगर, कात्तिक ७ । शैक्षिकसँगै अतिरिक्त क्रियाकलापमा अब्बल झापा धुलाबारीको इस्ट होराइजन अंग्रेजी माविले अस्ट्रेलियामा नेपाल शैक्षिक पुरस्कार पाएको छ ।

अस्ट्रेलियाको क्यानबेरास्थित अस्ट्रेलियन नेसनल युनिभर्सिटीमा कलेज रिडर्स काठमाडौँले आयोजना गरेको प्रतिष्ठित नेपाल शैक्षिक पुरस्कार २०२४ मा इस्ट होराइजनलाई कोशी प्रदेशको उत्कृष्ट शैक्षिक संस्था घोषणा गरिएको हो ।

नेपालभरका ३४ शैक्षिक संस्थामध्ये इस्ट होराइजन उत्कृष्ट भएको विद्यालयका संस्थापक प्रिन्सिपल सञ्जीव राईले झापा टुडेलाई जानकारी दिए ।

विद्यालयको नवीन शिक्षण विधि, सहपाठ्यक्रम गतिविधि र अतिरिक्त क्रियाकलापमा अग्रणी रहेको आधारमा विद्यालय छनोट भएको जनाइएको छ ।

एक कार्यक्रमका बीच प्रिन्सिपल राई र प्रमुख प्रशासक सावित्री सापकोटाले अवार्ड ग्रहण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer