२०८१ कार्तिक ९ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

निरौला हत्या आरोपमा दुईजना पक्राउ, छजनाविरुद्ध जाहेरी


दमक, कात्तिक ८ । जग्गासम्बन्धी विवादका क्रममा दमकमा मंगलबार दिउँसो हत्या गरिएका दमक–९ सिर्जनटोल का ३७ वर्षीय देशु भनिने यामु निरौलाको हत्यामा आरोपमा दुईजना पक्राउ परेका छन् ।

पीडित परिवारले प्रहरीमा छजना विरुद्ध किटानी जाहेरी दिएको छ । मृतक निरौलाकी श्रीमती कृष्णमाया निरौलाले हत्यामा संलग्न छजनाविरुद्ध इलाका प्रहरी कार्यालय दमकमा कर्तव्य ज्यान कसुरमा सजायको माग गर्दे किटानी जाहेरी दिएकी हुन् ।

जाहेरी लिन प्रहरी अधिकारीले आनाकानी गरेपछि पीडित परिवारसहित स्थानीयले दिनभरि प्रहरी कार्यालय दमकअगाडि दबाबमुलक प्रर्दशन गरेका थिए ।

दमक–३ स्थित बेलडाँगी–मधुमल्ला सडकखण्ड अन्तर्गत मावा खोला किनारको जग्गामा विवाद भएको अवस्थामा विवाद मिलाइदिनका लागि मोरङको उर्लाबारी–७ का ४९ वर्षीय ध्रुव गौतमले निरौलालाई बोलाएको अवस्थामा निरौलामाथि त्यहाँ आक्रमण भएको जाहेरीमा उल्लेख गरिएको छ ।

पीडितले उनीहरुसहित दमक–८ का बुद्धिमान थापा, इटहरीका डेबिट घले, संखुवासभा माडी १० घर भई हाल दमक–३ दुम्से बस्ने २६ वर्षीय गणेश दर्जी र सोही वडाका ३४ वर्षीय शेरबहादुर नेम्वाङविरुद्ध किटानी जाहेरी परेको हो ।

सो घटनाको अनुसन्धानका क्रममा प्रहरीले गौतमसहित उर्लाबारी–६ का ४२ वर्षीय प्रकाश कार्कीलाई बुधबार नियन्त्रणमा लिए पनि आरोपी सबैको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले बताए ।

मंगलबार दिउँसो अन्दाजी ४ बजे मावा खोलाको पुलमा हत्या गरेको अवस्थामा निरौलाको शव भेटिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer