२०८१ मंसिर ६ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

बाह्रदशीका जुवाडेमाथि सात दिन म्याद थपेर अनुसन्धान


बिर्तामोड, कात्तिक २७ । झापाको बाह्रदशीबाट पक्राउ परेका सातजना जुवाडेमाथि सात दिनको म्याद थपेर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

उनीहरुलाई आज अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी प्रकाश विष्टले बताए । तास खेलिरहेको अवस्थामा १४ बुङ तास र नगदसहित ७ जना जुवाडे बाह्रदशीबाट पक्राउ परेका थिए ।

हिजो राति १२ः१५ बजे बाह्रदशी-५ फूलबारी बस्ने ४२ वर्षीय धर्मेन्द्र साहको घरमा तास खेलिरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो ।

प्रहरीले नगद ८४ हजार ६७० रुपैयाँ, ३ थान मोबाइल फोन र १४ बुङ ताससहित सातजना जुवाडे पक्राउ गरेको थियो ।

पक्राउ पर्नेहरुमा बाह्रदशी-५ का घरधनी साह, वडा नम्बर ४ का ३९ वर्षीय भुजकर आलम, वडा नम्बर ५ का ४५ वर्षीय तजयमुल हुसेन, वडा नम्बर ४ का ३६ वर्षीय भोला सहनी, सोही ठाउँका ३९ वर्षीय कमल देवनाथ गणेश, हल्दिबारी १ बस्ने ३४ वर्षीय सरल राई र सोही ठाउँका ५७ वर्षीय जगदीश चौधरी रहेका छन् ।

उनीहरुलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer