२०८१ मंसिर १ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

निरौला हत्यामा संलग्न पाँचजना रिहा, तीनजनामाथि मुद्दा


दमक, कात्तिक ३० । दमक नगरपालिका-९ का ३७ वर्षीय यामु निरौलाको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका पाँचजना रिहा भएका छन् । एकजनाले पक्राउ नपर्दै सफाइ पाएका छन् ।

सरकारी वकिलको कार्यालयले प्रमाण नपुगेको भन्दै छजनालाई सफाइ दिएको हो । रिहा हुनेहरुमा बुद्धिमान थापा, नमकुमार चेम्जोङ, उर्लाबारी-६ का प्रकाश कार्की, उर्लाबारी-७ का ध्रुव गौतम, दमक-८ का भीम चम्लागाईं छन् । त्यस्तै, सुनसरी इटहरीका डेबिड घलेले पक्राउ नपर्दै सफाइ पाएका हुन् ।

हत्याको आरोपमा संखुवासभा मादी-१० घर भई दमक-३ बस्ने गणेश दर्जी, दमक-३ का राजु भनिने शेरबहादुर नेम्वाङ र खेम गोपाल भनिने खेमराज भण्डारीमाथि मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले बताए ।

प्रहरीले उपलब्ध गराएको मिसिललाई अध्ययन गर्दा बाँकी छजनामाथि अभियोजन दर्ता गर्ने प्रमाण नपुगेको सरकारी वकिल कार्यालयका सूचना अधिकारी तथा सहायक जिल्ला न्यायाधिवक्ता तेजबहादुर सिँजाली मगरले बताए । सरकारी वकिल कार्यालयले अभियोजन दर्ता नगरेपछि पाँचजना हिजो राति नै रिहा भएका छन् ।

मृतक परिवारले नौजनामाथि जाहेरी दिएका थिए । जाहेरीका आधारमा ती नौजनालाई पक्राउ पूर्जी जारी भएको थियो । हिजो बिहान पक्राउ परेका बुद्धिमान थापा हिजै राति रिहा भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer