२०८१ मंसिर १ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

मंसिरमा बिहेको एउटा मात्र लगन, १६ वटा दिवस


बिर्तामोड, मंसिर १ । आजबाट मंसिर सुरु भएको छ । नेपाली परम्पराअनुसार मंसिरदेखि विवाहको लगन सुरु भएको मानिन्छ ।

बिहे गर्ने उमेर पुगेका युवा–युवतीका लागि चासोको महिना हो, मंसिर । यस वर्षको मंसिरमा पनि थुप्रै जोडीहरू लगनगाँठो कस्ने तयारीमा होलान् ।

तर, यस वर्षको मंसिरमा एकवटा मात्रै ८ गते विवाहको साइत छ । यो एक दिनमा बिहे गर्न नभ्याउनेहरुले भने अब लगनका लागि दुई महिना कुर्नुपर्ने भएको छ ।

मंसिरको ८ गते मात्रै विवाह साइत जुरेको छ । मंसिर ८ गतेसम्म विवाह गर्न नभ्याउनेले लगान जुराएर बिहे गर्ने हो भने २ महिनासम्म कुर्नुपर्ने हुन्छ ।

किनभने ज्योतिषीय गणनाअनुसार पुस महिनामा शुभ साइत जुराउन कठिन मानिन्छ । विवाहको लगन हुँदैन । माघ ४ गते र २५ गते साइत छ ।

माघ महिनामा पनि जम्माजम्मी दुई दिन मात्रै विवाहको साइत छ । फागुनमा भने ८ दिन साइत जुरेको छ । १, ६, ८, ९,१३, २२, २३ र २८ गते बिहेको लगन जुरेको छ ।

मंसिरमा साइत वा लगन जुराएर बिहे गर्नेहरूका लागि धेरै सुविधा नदेखिए पनि उत्तम साइत नजुर्ने दिनमा समेत बिहे गर्न सकिने जानकारहरू बताउँछन् ।

मंसिरभरि १६ वटा दिवस

मंसिरमा साइतको कमि भए पनि दिवसको धूमधाम छ । यो महिना सबैभन्दा धेरै दिवस परेका छन् । आजै १ गते सहनशीलता दिवस परेको छ ।

२ गते अन्ताराष्ट्रिय विद्यार्थी दिवस परेको छ । मंसिर ४ गते विश्व शौचालय दिवस परेको छ भने ५ गते विश्व बालअधिकार दिवस परेको छ ।

सरकार र माओवादीबिच शान्ति सम्झौता भएको दिन पनि मंसिर ५ गते नै हो । ६ गते टेलिभिजन दिवस परेको छ ।

त्यस्तै, मंसिर १० गते महिला हिंसा अन्त्य दिवस परेको छ । १५ गते बाला चतुर्दशी परेको छ । १६ गते विश्व एड्स दिवस हो भने त्यही दिन स्थानीय तहको उपचुनाव परेको छ ।

१७ गते अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस परेको छ । गढीमाई मेला पनि त्यही दिन सुरु हुनेछ ।

१८ गते अन्तर्राष्ट्रिय अपाङ्ग दिवस छ भने २० गते विश्व माटो दिवस परेको छ । २१ गते विवाह पञ्चमी र षडानन्द जयन्ती हो ।

२२ गते अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस परेको छ । २३ गते महिनावारी दिवस छ । २४ गते अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवस छ भने २५ गते अन्तर्राष्ट्रिय मानव अधिकार दिवस छ ।

२६ गते अन्तर्राष्ट्रिय पर्वत दिवस छ । ३० गते उधौली पर्व\यमरि पुन्हि। गढीमाई मेला समापन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer