बिर्तामोड, मंसिर ४ । झापाको बिर्तामोड-७ मा रहेको कञ्चन अंग्रेजी स्कुलले आफ्ना विद्यार्थीहरुलाई निःशुल्क आँखा जाँच गराएको छ ।
विद्यालय आँखा जाँच कार्यक्रमअन्तर्गत विद्यालयले मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको थियो ।
एक दिने निःशुल्क शिविरमा ५२० जना विद्यार्थीहरुको आँखा जाँच गरिएको विद्यालयका सञ्चालक डिल्लीराम चम्लागाईंले बताए । उनका अनुसार २४ जना विद्यार्थीलाई निःशुल्क चश्मा वितरणसमेत गरिएको छ ।
शिविरमा २३ जना विद्यार्थीको आँखामा समस्या देखिएपछि उनीहरुलाई मेची आँखा अस्पताल रिफर गरिएको छ । मेची आँखा अस्पतालका हेल्थ एजुकेसन अफिसर युवराज बोहोरा नेतृत्वको टोलीले आँखा जाँच गरेको थियो ।
शिविरमा विद्यालयका सञ्चालक तथा प्रिन्सिपल दिपक चम्लागाईं, सञ्चालकहरु बद्री बास्कोटा, डिल्लीराम चम्लागाईंलगायत शिक्षकशिक्षिकाहरुको सहभागिता रहेको थियो ।