२०८१ मंसिर ९ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

इम्पेरिएर एजुकेसनको शाखा चारआलीमा


मेचीनगर, मंसिर ९ । इम्पेरिएर एजुकेसन नेटवर्क प्रालिले झापाको चारआलीमा आफ्नो शाखा विस्तार गरेको छ । मेचीनगर-१३ स्थित कार्यालयको शाखा आज एक कार्यक्रमका बीच विस्तार गरिएको हो ।

नेटवर्कका केन्द्रीय प्रतिनिधि सुमन अधिकारीको अध्यक्षता तथा मेचीनगर-१३ का वडा अध्यक्ष कृष्ण सिग्देलको प्रमुख आतिथ्यतामा शाखाको उद्घाटन गरिएको हो ।

कार्यक्रममा ग्लोबल आइएमइ बैंकका शाखा प्रबन्धक पीताम्बर खड्का, सुनिता दाहाल, आइइएलटिएसका निर्देशक पुष्कर खतिवडा तथा व्यवसायी अपूर्व डाँगी लगायतको सहभागिता रहेको थियो ।

नेटकर्वका चारआली शाखाका प्रमुख प्रभात भण्डारीले सञ्चालन गरेको कार्यक्रमको स्वागत तथा औचित्यमाथि केन्द्रीय प्रतिनिधि अधिकारीले प्रकाश पारेका थिए ।

संस्थाले वैदेशिक शिक्षा अध्ययनका लागि सहजीकरण गर्नुको साथै परामर्श र भिसा प्रक्रियामा विद्यार्थीलाई सहयोग गर्ने शाखा प्रमुख भण्डारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer