२०८१ मंसिर १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

हल्दिबारीका गर्भवतीलाई नगद, निःशुल्क एम्बुलेन्स र ल्याब सेवा


बिर्तामोड, मंसिर १४ । हल्दिबारी गाउँपालिकाले गर्भवतीलाई नगदसहित निःशुल्क एम्बुलेन्स र प्रयोगशाला सेवा प्रदान गर्न थालेको छ ।

गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनका अनुसार स्वास्थ्य संस्थामा सुत्केरी हुन प्रोत्साहन गर्ने उद्देश्यले पालिकाले ‘सुरक्षित प्रसूति प्रोत्साहन कार्यक्रम’ सञ्चालन गरेको हो । यसबाट विपन्न महिलालाई सहयोग पुगेको छ।

गाउँपालिकाले सुरक्षित प्रसूति प्रोत्साहन कार्यक्रमअन्तर्गत आठपटक नियमित गर्भजाँच गराउने महिलालाई प्रोत्साहनस्वरुप रु दुई हजार प्रदान गर्दै आएको छ । पालिकाभरि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउनका साथै पालिका बाहिर जानुपरेमा ५० प्रतिशत छुटका व्यवस्था भएको छभने निःशुल्क प्रयोगशाला सुविधा दिँदै आएको छ । गत आर्थिक वर्षमा सुरक्षित प्रसूति प्रोत्साहन कार्यक्रमअन्तर्गत रु चार लाख २९ हजार खर्च भएको छ।

साथै गाउँपालिकाले विपन्न नागरिकको उपचारमा सहयोग गर्ने उद्देश्यले जनता उपचार कोष स्थापना गरेको छ । गत आवमा उक्त कोषबाट रु पाँच लाख २८ हजार सहायता प्रदान गरिएको थियो । चालु आवमा हालसम्म कोषमार्फत रु एक लाख पाँच सय आर्थिक सहयोग परिचालन अध्यक्ष रवीन्द्र लिङ्देन बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer