२०८१ मंसिर २० बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोड कृषि थोक बजारमा सस्तियो प्याज, आकाशियो टमाटर


बिर्तामोड, मंसिर १९ । झापको बिर्तामोड कृषि थोक बजारमा प्रतिकिलो अधिकतम १३० रुपैयाँसम्म पुगेको प्याज पछिल्ला दिन घट्दै गएको छ ।

आज बुधबार हटिया लाग्ने दिन प्याज प्रतिकिलो अधिकतम ९० र न्यूनतम ८० रुपैयाँमा कारोबार भएको कृषि बजार व्यवस्थापन समिति बिर्तामोडले जनाएको छ । यो थोक मूल्य हो ।

आलुको भाउ केही दिनदेखि स्थिर छ । रातो आलु (पहाड) ७०, भारतीय रातो आलु ५५, सेतो आलु ५० रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ । खासा लसुन ३४० रुपैयाँ छ ।

समितिका अनुसार बुधबार गोलभेँडा तथा घिउ सिमी र टाटे सिमी केही महँगिएको छ । बिर्तामोडमा पाँचथर र धनकुटाको टमाटर ८५, भारतीय टमाटर अधिकतम ७५ रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

त्यस्तै, घिउ सिमी प्रतिकिलो अधिकतम १५० रुपैयाँ र टाटे सिमी पनि १५० रुपैयाँमा थोक कारोबार भएको छ । यी सिमी खुद्रा २०० रुपैयाँमा बेच्न राखिएको छ ।

तने बोडी १३०, मटरकोसा १४०, तिते करेला १००, लौका ५०, स्थानीय परवर ९०, भिन्डी ११०, बरेला अधिकतम ४० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

रायो साग ४० रुपैयाँ प्रतिमुठा, पालंगो साग १००, चमसुर साग, मेथी साग, सुप साग, हरियो धनियाँ १००, तोरीको साग ६० रुपैयाँ प्रतिकिलो छ । इस्कुस १५, तरुल ९०, कन्य च्याउ १५०, डल्ले च्याउ ३२० रुपैयाँ प्रतिकिलो छ ।

त्यस्तै, धनकुटा र भारतीय पहाडको काउली प्रतिकिलो ८० रुपैयाँ, रातो मुला २५, सेतो मुला २५, लामो भन्टा ७०, डल्लो भन्टा ७० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer