
बिर्तामोड, मंसिर २७ । हल्दिबारी गाउँपालिकाको वडा नम्बर ३ को कार्यालयले वडाभित्रका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गर्न थालेको छ ।

वडा कार्यालयले सामुदायिक विद्यालयका कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई स्कुल ब्याग वितरण गर्न थालेको हो । आज पहिलो दिन एक कार्यक्रम आयोजना गरी पञ्चायत माध्यमिक विद्यालयका विद्यार्थीलाई स्कुल ब्याग वितरण गरिएको छ ।

पञ्चायत माविकी बाल क्लब अध्यक्ष प्रतिमा लिम्बूको अध्यक्षता तथा वडा अध्यक्ष विष्णुप्रसाद ओलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत मन्तव्य विद्यार्थी गंगा विश्वकर्माले गरेकी थिइन् ।

कार्यक्रममा वडा सदस्यहरु अजितकुमार विष्ट, कर्ण भण्डारी, विष्णुमाया ढुङ्गेल, शिक्षक शिक्षिका, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन अभिषेक खतिवडाले गरेका थिए । भोलि रामेश्वर प्राथमिक विद्यालय र लक्ष्मी माध्यमिक विद्यालयमा स्कुल ब्याग वितरण गरिने जनाइएको छ ।






