२०८१ पुष ३ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

अघिल्लो वर्षको निर्यातः अलैँची, छुर्पी, चिया, अदुवाको घट्यो, अम्रिसो र प्लाइउडको बढ्यो


बिर्तामोड, पुस २ । नेपाली वस्तुहरु अलैँची, छुर्पी, चिया, अदुवाको निर्यात पछिल्लो वर्ष घटेको तथ्यांकले देखाएको छ । अम्रिसो र प्लाइउडको भने निर्यात बढेको छ ।

आर्थिक वर्ष २०७८/७९ मा अलैँची ४ अर्ब ८१ करोड ३४ लाख ६५ हजार रुपैयाँको निर्यात हुँदा आर्थिक वर्ष २०७९/०८० मा भने बढेर ८ अर्ब २७ करोड ६८ लाख ५० हजार मूल्यबराबरको पुगेको छ ।

तर, आर्थिक वर्ष २०८०/०८१ मा भने अलैँची निर्यात घटेर ७ अर्ब ९४ करोड ९ लाख ६४ हजार रुपैयाँ बराबर पुगेको छ ।

त्यस्तै, चिया पनि आर्थिक वर्ष २०७८/०७९ मा ३ अर्ब ४३ करोड ४३ लाख ५० हजारको निर्यात हुँदा २०७९/०८० मा १४.६ प्रतिशतले बढेर ३ अर्ब ९३ करोड ७२ लाख ६६ हजार पुगेको छ ।

आर्थिक वर्ष २०८०/०८१ मा भने चिया निर्यात ३ अर्ब ६२ करोड ५० लाख १२ हजार रहेको छ ।

त्यस्तै, छुर्पी निर्यात पनि घटेको छ । आर्थिक वर्ष २०७८/०७९ मा २ अर्ब ९१ करोड १९ लाख ३९ हजारको निर्यात भएको छुर्पी बढेर आर्थिक वर्ष २०७९/०८० मा ३ अर्ब ४० करोड ९० लाख ७३ हजार पुगेको छ ।

छुर्पी निर्यात २०८०/०८१ मा भने ३ अर्ब १८ करोड ४३ लाख २७ हजार रुपैयाँको भएको छ ।

त्यस्तै, अदुवाको व्यापार पनि घटेको देखिन्छ । आर्थिक वर्ष २०७८/०७९ मा ६४ करोड १४ लाख ५६ हजारको अदुवा निर्यात भए पनि आर्थिक वर्ष २०७९/८० मा बढेर १ अर्ब २२ करोड २२ लाख ३३ हजार बराबरको निर्यात भएको देखिन्छ ।

आर्थिक वर्ष २०८०/०८१ मा भने १ अर्ब १७ करोड ६१ लाख ६९ हजार बराबरको अदुवा निर्यात भएको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा १ अर्ब ८१ करोड ६८ लाख ८६ हजारको नेपाली कागज निर्यात भएको तथ्याङ्कमा उल्लेख छ ।

आर्थिक वर्ष २०७९/८० मा भने घटेर १ अर्ब १३ करोड ६५ लाख ५८ हजार बराबरको निर्यात भयो भने आर्थिक वर्ष २०८०/०८१ मा १ अर्ब २ करोड ८ लाख ९० हजार बराबरको नेपाली कागज निर्यात भएको छ ।

तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/०८१ मा जुट तथा जुटजन्य वस्तु ७ अर्ब ६४ करोड ३३ लाख ४३ हजार बराबरको निर्यात भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा धागो निर्यात १२ अर्ब २० करोड २८ लाख ५३ हजार बराबरको भएको छ ।

अम्रिसो र प्लाइउडको बढ्यो निर्यात

त्यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा ६९ करोड ९८ लाख ६२ हजारको अम्रिसो निर्यात भएको थियो ।

आर्थिक वर्ष २०७९/०८० मा भने १ अर्ब ८८ लाख बराबरको अम्रिसो निर्यात भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा अम्रिसोको निर्यात १ अर्ब ३२ करोड ५२ लाख ५४ हजार बराबरको छ ।

पछिल्लो समय प्लाइउडको निर्यात भने बढ्दो क्रममा छ । आर्थिक वर्ष २०८०/०८१ मा प्लाइउडको निर्यात ७ अर्ब ४१ करोड ५३ लाख २२ हजार बराबरको हुँदा अघिल्लो आर्थिक वर्ष भने ४ अर्ब ७० करोड ५१ लाख ८१ हजार रुपैयाँ बराबरको मात्रै थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer