२०८१ पुष २१ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

कोशी प्रदेशका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप लगाइने


बिर्तामोड, पुस १६ । कोशी प्रदेश सरकारले दुई लाख ६५ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपिभी खोप लगाउने तयारी गरेको छ ।

प्रदेशका कक्षा ६ देखि १० सम्म र विद्यालयबाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई एचपिभी खोप लगाइने प्रादेशिक स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत भरत भण्डारीले बताए ।

यही माघ २३ गतेदेखि खोप केन्द्रमार्फत किशोरीहरुलाई खोप लगाइने र यसका लागि माघ १० गतेभित्र सबै पालिकामा खोपको मात्रा पुर्याउने निर्देशनालयको तयारी छ । आवश्यक खोप प्रदेशमा आइसकेको समेत उनले जानकारी दिए ।

यो खोप लगाएपछि भविष्यमा पाठेघरको मुखको क्यान्सर संक्रमण नहुने भएका कारण नेपालमा खोप लगाउने अभियान चलिरहेको छ । खोप निःशुल्क उपलब्ध हुनेछ ।

खोप अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले प्रदेशका १४ वटै जिल्लाका स्वास्थ्य प्रमुख र पालिकाका स्वास्थ्य प्रमुखलाई गत मंसिरमै अभिमुखीकरण कार्यक्रममा सहभागी गराइएको र खोप कार्यक्रमको योजना तयार गरिएको निर्देशनालयले जनाएको छ ।

प्रदेशका १४ जिल्लामा माघ १२ देखि १५ गतेभित्र जिल्ला खोप समन्वय समितिले सञ्चारकर्मीसँग अन्तक्रिया कार्यक्रम गर्ने र माघ १५ देखि १८ गतेभित्र पालिका र वडाका खोप समन्वय समितिले विद्यालय शिक्षक र स्वयम्सेविकाहरु माझ अभिमुखीकरण कार्यक्रम गरिने योजना छ ।

Leave a Reply

Adv footer