२०८१ पुष २३ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

चिल्ड्रेन हस्पिटलद्वारा सेसेहाङको सफल उपचार


बिर्तामेड, पुस २० । झापाको बिर्तामोड चिल्ड्रेन अस्पतालले पाँचथरको फिदिमका एक बालकको जटिल अवस्थाको सफल उपचार गरेको छ ।

फिदिम-१४ का विञ्जेश फागोका चार वर्षीय छोरा सेसेहाङ फागोको अस्पतालले सफल उपचार गरेको भन्दै परिवारले खुशी व्यक्त गरेका छन् ।

बालकको बहुअंग काम नलाग्ने भएको अवस्थामा गत पुस १० गते अस्पताल भर्ना गरिएका बालकको नौ दिनपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

बालकको अवस्था जटिल रहेको तर चिकित्सकको निरन्तरको निगरानीमा उपचार सम्भव भएको हस्पिटलका प्रबन्ध निर्देशक समेत रहेका नवजात शिशु तथा बालरोग विशेषज्ञ डक्टर रुपक आर्चायले बताए ।

बहुअंग भन्नाले शरिरका अधिकांश अंगले काम नगर्नु हो । आफूहरुले बालकको अत्यन्त जटिल अवस्थाको सफल उपचार गरेको डक्टर आर्चायको भनाइ छ ।

बालकमा मृगौलामा समेत संक्रमण भएको र तीन दिनदेखि पिसाब बन्द भएको तथा शरीरको अन्य भागमा समेत संक्रमण फैलिएको अवस्थामा उच्च निगरानीका साथ उपचार गर्न आफूहरु सफल भएको उनले जानकारी दिए ।

उनले मृगौलामा क्रिएटिनिन डबल बढेर २.१ पुगेको अवस्थमा आफूहरुले सफल उपचार गरेको जानकारी दिए ।

बालकको कलेजो, मुटु, रगत, मृगौला, फोक्सो लगायत शरीरका अधिकांश भागमा संक्रमण फैलिसकेको बताइएको छ । बालकलाई सुरुमा बान्ता भएको तथा ज्वरो आएको अभिभावकले बताएका छन् ।

बालरोग विशेषज्ञ डक्टर आर्चायले कुनै पनि बालकालिकाहरुले निरन्तर वान्ता गरेमा, पखला चलेमा, आालश्य भएमा, दुई दिनसम्म पनि ज्वरो नघटेमा तत्काल अपस्पताल लगेर चिकित्सकको परामर्शमा उपचार गर्नुपर्ने सुझाव दिए ।

उनले बालबालिकमा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले यस्तो अवस्थामा अभिभावकहरुले ध्यान दिनुपर्ने बताए । उनले बालबालिकलाई जाँच नगरी अनावश्यक औषधि नदिन सबैलाई सुझाव दिएका छन् ।

Comments are closed

Adv footer