बिर्तामोड, पुस २४ । आँखा उपचार र शल्यक्रियामा नेपालकै सफल अस्पताल मेची आँखा अस्पतालमा संघीय वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले भौतिक संरचनाको जानकारी लिएका छन् ।
अस्पताल सञ्चालक समितिका अध्यक्ष जलकुमार गुरुङका अनुसार हालै पुनर्निर्माण सम्पन्न भएको अस्पतालको मुख्य भवनको मन्त्री ठकुरीले आज जानकारी लिएका थिए ।
अस्पतालमा मन्त्री ठकुरीलाई स्वागत सम्मानसमेत गरिएको अध्यक्ष गुरुङले जानकारी दिए । मन्त्री ठकुरीले बिरामीहरुको स्वास्थ्य अवस्था र असपतालको सेवाबारे पनि जानकारी लिएका थिए ।
Comments are closed