२०८१ माघ २० आइतबार
Jhapa Today
Adv top
Adv below_nav

औषधि व्यवसायी कोशीको चुनावः बरालको टिमलाई जिताउने प्रतिबद्धता


बिर्तामोड, माघ १९ । नेपाल औषधि व्यवसायी संघ कोशी प्रदेशको दोस्रो कार्यकालको निर्वाचनका लागि नरेन्द्र बराल नेतृत्वको टिम बलियो देखिएको छ ।

१४ जिल्लाका १३१ जना व्यवसायी मतदाता रहेको निर्वाचनका लागि झापा र सुनसरी एक भएका छन् भने अधिकांश पहाडी जिल्लाले बरालको टिमलाई सघाउने प्रतिबद्धता जनाएका छन् ।

हाल वरिष्ठ उपाध्यक्ष रहेका बरालको नेतृत्वको टिम अनुभवी र व्यावसायिक रहेकाले मतदाता व्यवसायीहरु उनीहरुप्रति लागिपरेका जनाइएको छ ।

बरालको टिममा वरिष्ठ उपाध्यक्षमा दमकको सर्जिड्रग मेडिकोका सञ्चालक सूर्यप्रसाद कोइराला (श्याम) ले उम्मेदवारी दिएका छन् । कोइराला हाल संघको थोक उपाध्यक्ष तथा साविक मेची अञ्चलका पूर्वअध्यक्ष हुन् ।

त्यस्तै, थोक उपाध्यक्षमा कालिमा ड्रग बिर्तामोडका सञ्चालक खेम बस्नेत छन् । उनी संघको थोक सदस्य रहेका छन् । महासचिवमा इटहरीका रविन्द्र घिमिरे उम्मेदवार छन् । उनी सुनसरीका पूर्वअध्यक्ष हुन् । कोषाध्यक्ष र सचिवमा सुनसरीका व्यवसायी निर्विरोध भइसकेका छन् ।

उपकोषाध्यक्षमा दाहाल फार्मेसी दमकका सञ्चालक सेवक दाहालको उम्मेदवारी रहेको छ । उनी हाल संघमा कार्यवहाक उपकोषाध्यक्ष रहेका छन् ।

अनुभवी र रोलमोडल बराल

२०५६ सालदेखि संघको अञ्चाल तथा केन्द्रीय समितिमा विभिन्न पदमा रहेर औषधि व्यवसायीको पक्षमा वकालत गर्दै काम गरिसकेका बराललाई कोशी प्रदेशमा रोलमोडलको रुपमा हेरिन्छ ।

२०५९ सालसम्म साविक मेची अञ्चल शाखाको सचिव, २०६२ सालसम्म प्रथम उपाध्यक्ष र २०६७ सालसम्म पाँच वर्ष कानुनी सल्लाहकारका रुपमा रहेका बराल शालिन र समन्वयकारी क्षमताका कारण सबैको लोकप्रिय छन् ।

२०७० सालसम्म संघको केन्द्रीय सदस्य तथा २०७३ सालसम्म केन्द्रीय सचिव रहेका बराल नेतृत्वको पक्षमा अधिकांश जिल्लाका कार्यसमिति सदस्य तथा पूर्व अञ्चल अध्यक्षहरु रहेको बताइन्छ ।

संघको नेतृत्वको लागि सक्षम भएको तथा वरिष्ठ उपाध्यक्षको रुपमा संघको नेतृत्व गरिसकेकाले बराल नेतृत्वलाई माघ २७ गते हुने निर्वाचनमा जिताउनुपर्ने मतदाता व्यवसायीहरुको धारणा रहेको छ ।

Comments are closed

Adv footer