२०८१ माघ २३ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

गौरीगञ्जमा दुर्घटना हुँदा राजवंशी घाइते


बिर्तामोड, माघ २३ । झापाको गौरीगञ्ज–पाडाजुँगी सडकखण्डमा कारको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।

आज साँझ ५ः५० बजे गौरादह नगरपालिका २ दाहालचोकस्थित गौरीगञ्ज–पाडाजुँगी सडकखण्डमा गौरादहबाट पाडाजुँगीतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ च ४३६९ नम्बरको कार र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १–०१–०१७ प २६०८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक गौरादह नगरपालिका ६ बस्ने ३१ वर्षीय चन्द्रप्रसाद राजवंशी गम्भीर घाइते भएका छन् ।

टाउको र दुबै हातमा चोट लागेका राजवंशीको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । मोटसाइकल, कार र कार चालक इटहरी–१ बस्ने ४४ वर्षीय तीर्थराम अधिकारीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गौरादहमा राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

Comments are closed

Adv footer