
बिर्तामोड, फागुन २१ । नेपालमा मात्र नभएर भारतका धेरै राज्यमा आँखा उपचार र शल्यक्रियाका लागि ख्याति कमाएको झापा बिर्तामोडको मेची आँखा अस्पतालले टिकटिक तथा रिल्स प्रतियोगिता आयोजना गरेको छ ।
अस्पतालका अध्यक्ष जलकुमार गुरुङका अनुसार ‘चश्मा र कन्ट्याक्ट लेन्सको झन्झटलाई विदाइ दिनुहोस्’ भन्ने नाराका साथ टिकटक र रिल्स प्रतियोगिता आयोजना गरिएको हो ।
स्मार्ट साइट लेजर आँखा शल्यक्रिया अर्थात चश्मा तथा कन्ट्याक लेन्स हटाउने अत्याधुनिक लेजर सर्जरीमा केन्द्रित रहेर बनाइएका भिडियोलाई अस्पतालले पुरस्कृत गर्ने अध्यक्ष गुरुङले बताए ।
प्रतियोगिताको विजेताले नगद २५ हजार, दोस्रो हुनेले नगद १५ हजार र तेस्रो हुने प्रतियोगीले नगद पाँच हजार पाउनेछन् ।
चश्मा तथा कन्ट्याक लेन्स हटाउने अत्याधुनिक लेजर सर्जरीको विषयमा बनाइएका मौलिक र रचनात्मक भिडियोलाई मात्र मान्यता दिइने अस्पतालले जनाएको छ ।
प्रतियोगितामा सर्वसाधारण तथा अस्पतालका कर्मचारी दुवैले भाग लिन पाउने, भिडियो १२० सेकेन्डभन्दा लामो हुन नहुने, पृष्ठभूमिले मेची आँखा अस्पताललाई कुनै न कुनै रूपमा देखाउनुपर्ने नियम बनाइएको छ ।
भ्युजका आधारमा भिडियोलाई पुरस्कृत गरिनेछ भने टिकटक तथा रिल्सका रुपमा पोस्ट गरिएका भिडियो २०८२ जेठ २० गतेभित्र पेश वा प्रकाशित गर्नुपर्नेछ ।
प्रतियोगिताको अन्त्यसम्ममा सबैभन्दा धेरै हेरिएको रचनात्मक मौलिक भिडियोलाई पुरस्कार प्रदान गरिनेछ भने पुरस्कारको घोषणा असार ५ गते गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।