२०८२ बैशाख ७ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

आज र भोलि बालबालिकालाई भटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै


बिर्तामोड, बैशाख ६ । देशभरका बालबालिकाहरूलाई आजदेखि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु गरिएको छ । सरकारले आज बैशाख ६ र भोलि ७ गते औषधि खुवाउँदैछ ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइन सुरु गरिएको हो ।

त्यस्तै, ६ महिनाभन्दा माथिका बालबालिकालाई ‘बाल भिटा’ पोषणयुक्त आहार दिने गरिन्छ । नियमित खोप लगाउन छुटेका ५ वर्षमुनिका बालबालिका पनि खोप दिइने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

दुई दिने अभियानमा पाँच वर्षमुनिका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य रहेको छ ।

आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सकिन्छ ।

बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५० सालदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि भने २०५६ बाट खुवाउन थालिएको हो ।

भिटामिन ए कार्यक्रम हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा बैशाख ६ र ७ गते देशैभरका जिल्लामा सञ्चालन हुँदै आएको छ ।

Adv footer