
बिर्तामोड, बैशाख १८ । झापा प्रहरीले सीमावर्ती बाह्रदशी गाँउपालिकाको फूलबारीमा रहेका एक फार्मेसीकी सञ्चालकलाई प्रतिबन्धित तथा नियन्त्रित लागुऔषधजन्य औषधिसहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा बाह्रदशी-५ फूलबारीकी ३९ वर्षीया बन्दना पोखरेल रहेकी छन् । उनलाई हिजो साँझ ५ः३० बजे पक्राउ गरिएको हो ।
पोखरेलद्वारा सञ्चालित विक्रम विकास मेडिकलबाट प्रतिबन्धित ट्रामाडोल ७९५ ट्याब्लेट, नियन्त्रित औषधिहरु एन्टी कोफ ४७० ट्याब्लेट र डिक्लोमिन ३९८० ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ ।
सो फार्मेसी कचनकवल-१ मा रहेको घेराबरी स्वास्थ्य चौकीका इन्चार्ज अहेव विक्रम राजवंशीले सञ्चालन गर्दै आएका छन् । पसलमा राजवंशीकी श्रीमती बन्दना पोखरेल बस्ने गरेकी थिइन् ।