२०८२ असार १९ बिहीबार
Jhapa Today
Adv top

दमकमा प्रतिबन्धित औषधिसहित कुमाल पक्राउ


दमक, असार १८ । प्रहरलिे झापाको दमकबाट लागुऔषधजन्य औषधिसहित एकजना किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक-९ देउराली टोल बस्ने हिमाल कुमालको छोरा १९ वर्षीय सागर कुमाल छन् ।

कुमाललाई इलाका प्रहरी कार्यालय दमकको प्रहरीले आज दिउँसो १२ः३० बजे दमक-९ क्यामपसमोडबाट पक्राउ गरेको जनाएको छ ।

कुमालले बोकेको झोला जाँच गर्दा सो झोलाभित्र बिक्री वितरण गर्ने उद्देश्यले प्रतिबन्धित लागुऔषधजन्य औषधि भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार उनको साथबाट डायसे–२० लेखेको ९ पत्ता (९० पिस), ट्रामाडोल ९ पत्ता (९० क्यापसुल) भेटिएको थियो ।

कुमाललाई पक्राउ गरी इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Adv footer