२०८२ असार २८ शनिबार
Jhapa Today
Adv top

गोमेन्द्रको रक्तदानमा ५३ पिन्ट रगत संकलन


बिर्तामोड, असार २८ । झापा बिर्तामोडको पुरानो र प्रतिष्ठित शैक्षिक संस्था गोमेन्द्र बहुमुखी महाविद्यालयमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा अध्यापक तथा विद्यार्थीहरु गरेर ५३ जनाले रक्तदान गरेका छन् । कलेजको प्रांगणमा सञ्चालन भएको कार्यक्रममा ६ जना अध्यापक, एकजना कर्मचारी र ४६ जना विद्यार्थीले रक्तदान गरेका हुन् ।

विज्ञान तथा प्रविधि संकायअन्तर्गत बिसिए कार्यक्रमका दोस्रो सेमिस्टारका विद्यार्थीहरुले आयोजना गरेको कार्यक्रममा कलेज प्रमुख डक्टर रुपकप्रसाद खनालको प्रमुख आतिथ्यता रहेको थियो ।

विशिष्ट अतिथिमा बिबिए कार्यक्रमका कोअर्डिनेटर शेखर पाण्डे, बिसिए/एमबिए कोअर्डिनेटर विमल राजवंशी, रिसर्च डिपार्टमेन्ट हेड निलम संग्रौला, कलेजका अध्यापक, कर्मचारी तथा विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

बिसिए दोस्रो सेमिस्टारका विद्यार्थी युनिक श्रेष्ठ, दिपक खनाल, इच्छा केरुङ, आविष्कार दुलाल तथा साथीहरूले कार्यक्रम सहजीकरण गरेका थिए ।

Adv footer