२०८२ साउन २ शुक्रबार
Jhapa Today
Adv top

बिर्तामोडमा गोदाम भाडामा लिएर लागुऔषधको धन्धा, आज सार्वजनिक गरिँदै


बिर्तामोड, साउन २ । झापाको बिर्तामोडबाट प्रहरीले ठुलो मात्रामा बरामद गरेको प्रतिबन्धित औषधिजन्य लागुऔषधबारे आज विस्तृत विवरण सार्वजनिक गर्ने भएको छ ।

बिर्तामोड प्रहरीले हिजो बिहान बिर्तामोड-५ मंगलदीप टोलमा रहेको एउटा गोदामबाट ठुलो परिणामको औषधिजन्य लागुऔषध बरामद गरेको थियो ।

अर्जुनधारा-११ नारायणचोकको दंगाल मार्केटमा रहेको सनलाइट फर्माका सञ्चालक भानुभक्त खरेलकै स्वमित्वमा रहेको गोमबाट औषधिजन्य लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।

सो फर्मा भानुभक्त खरेलको रहेको र उनले मिनकुमार संग्रौलाको घर भाडामा लिएर दुईवटा गोदाममा औषधि भण्डारण गरेको बिर्तामोड प्रहरीका एकजना जुनियर अधिकृतले जानकारी दिए ।

प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको र आज बिहान पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिने बताएको छ ।
बरामद प्रतिबन्धित औषधिको परिमाणबारे प्रहरीले खुलाएको छैन । प्रहरीले एकजना कामदारलाई पक्राउ गरेको छ । औषधि व्यवसायी खरेल भने फरार भएका छन् ।

प्रहरीले सोही गोदाममा काम गर्ने २५ वर्षीय विनोद घिमिरेलाई पक्राउ गरेको हो । उनीसँगै प्रहरीले हजारौँ क्याप्सुल ट्रामाडोललगायतका प्रतिबन्धित औषधि बरामद गरेको हो ।

स्थानीयबासीले लागुऔषधको ठुलो कारोबार हुने गरेको थाहा पाएलगत्तै प्रहरीसँगको समन्व्यमा छापा मार्दा ठुलो मात्रामा प्रतिबन्धित औषधिजन्य लागुऔषध बरामद भएको हो ।

Adv footer