२०८२ भदौ ४ बुधबार
Jhapa Today
Adv top

भद्रपुरमा मापदण्डविपरीत ल्याब सञ्चालन


बिर्तामोड, भदौ ३ । झापाको भद्रपुरमा रहेका अधिकांश प्याथोलोजी ल्याब मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको छ । भद्रपुर नगरपालिकाले आज गरेको अनुगमनबाट ल्याबको अवस्था बाहिर आएको हो ।

स्वास्थ्य संस्था सञ्चालन ऐन २०७१ अनुसार अनुमति र दर्ता प्रक्रियाअनुसार ल्याब सञ्चालन गर्नुपर्ने भए पनि ल्याबहरूले तोकिएको मापदण्ड पूरा नगरी व्यवसाय सञ्चालन गरिरहेको पाइएको हो ।

प्रादेशिक अस्पताल भद्रपुरअगाडि सञ्चालनमा रहेको मेची मेडिकल डायनोटिक सेन्टरले नगरपालिकामा व्यवसाय दर्ता नगरेको, तोकिएको शुल्क सार्वजनिक रुपमा नराखेको, साइन बोर्ड नराखेको र प्रयोगशालामा फ्रिज अभाव देखिएको पाइएको छ ।

त्यस्तै, अधिकारी प्याथोलोजी क्लिनिकले ल्याबमा फ्रिज नराखेको, तोकिएको शुल्क सार्वजनिक रुपमा नराखेको, मापदण्डअनुसार ल्याब कोठा नभएको र निडिल डेस्ट्रोयर नभएको पाइएको छ ।

त्यस्तै, एडभान्स डेन्टलले व्यवसाय दर्ता नगरेकोले सात दिनभित्र व्यवसाय दर्ता गर्न निर्देशन दिएको भद्रपुर नगरपालिका उपप्रमुख राधा कार्कीले बताइन् ।

Adv footer