२०८२ भदौ १७ मंगलबार
Jhapa Today
Adv top

बिर्तामोडको ग्रिन पार्क स्विमिङ पुलमा डुबेर प्रसाईंको मृत्यु


बिर्तामोड, भदौ १३ । झापाको बिर्तामोडमा रहेको एक पौडी पोखरीमा डुबेर एकजना युवाको मृत्यु भएको प्रहरीले जनाएको छ । पौडी खेल्न दुईजनासँगै गएका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा बिर्तामोड-३ का ३३ वर्षीय प्रकाश प्रसाईं रहेका छन् । उनीहरु आज दिउँसो ३ बजे सो पोखरीमा पौडी खेल्न गएका थिए ।

बिर्तामोड-२ मा रहेको जीवन ढुंगानाले सञ्चालन गरेको ग्रिन पार्कको कम्पाउन्डभित्र रहेको स्विमिङ पुलमा प्रसाईं र बिर्तामोड १० का ३३ को केशव शिवाकोटी पार्क घुम्न तथा पौडी खेल्न गएका थिए ।

पौडी खेल्ने क्रममा प्रसाईंको मृत्यु भएको जिल्ला प्रहरीक कार्यालय झापाले जनाएको छ । पार्क सञ्चालकले राति ८ बजे प्रहरीलाई खबर गरेको बुझिएको छ ।

घटनापछि इलाक प्रहरी कार्यालय अनारमनीले अनुसन्धान सुरु गरेको जनाएको छ । उनीहरु मदिरा सेवन गरेर पौडी खेल्न पसेको प्रहरीले शंका गरेको छ ।

Adv footer